काठमाडौं । नम्बर एक गोलरक्षक किरन चेम्जोङको कप्तानीमा थ्री नेशन्स कपका लागि राष्ट्रिय फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् । जसमा हाल राष्ट्रिय फुटबल टोली कै क्याम्पमा रहेका १० खेलाडीहरुलाई भने प्रशिक्षक महर्जनले बाहिर निकालेका छन् ।
बाहिरिने खेलाडीहरुका गोलरक्षकद्वय बिशाल श्रेष्ठ र बिशाल सुनार रहेका छन् । त्यस्तै डिफेन्डरहरु पाल्साङ लामा, बिकास खवास र सुरज बिक पनि बाहिरिएका छन् । मिडफिल्डरहरु हेमन्त थापा मगर, सन्तोष तामाङसँगै फरवार्डहरु आशिष लामा, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ पनि फाइनल स्क्वाडमा पर्नबाट असफल भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फाइनल स्क्वाडमा पर्न नसकेका खेलाडीहरु राष्ट्रिय टोलीको क्याम्पबाट पनि फुकुवा हुने छन् ।
स्मरण रहोस, थ्री नेशन्स कपतर्फ नेपालले आफ्नो पहिलो खेल बिहीबार किर्गिस्तान यु–२३ सँग खेल्दैछ । त्यस्तै लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ ।
यस्तो छ राष्ट्रिय टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन चेम्जोङ, बिकेश कुथु, दिप कार्की
डिफेन्डर्सः रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर्सः त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान
फरवार्डसः अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै