News साखेजुङ गोल्डकपको फाइनलमा रेडहर्ष र तिनघरे
रमेश समदर्शी

रेडहर्ष एफसी इलाम साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा इलाम बिब्ल्याँटेकै हेलिबोध एफसीलाई सडन डेथमा पराजित गर्दै रेडहर्षले फाइनलमा तिनघरे युवा क्लबसँग भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले समान १-१ गोल गरे भने टाइब्रेकरमा पनि ४-४ गोल भएपछि निर्णय सडन डेथबाट लिइएको हो ।

पहिलो हाफको २३औँ मिनेटमा हेलिबोधका लागि कप्तान विक्रम राईले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा किस्मत राईले आकर्षक गोल गरेर टिमलाई कम ब्याक गराए ।

दुवै टोलीको समान गोल हुँदा सडन डेथमामा ५-४ गोलमा रेडहर्ष भाग्यमानी बनेको हो । रेडहर्षका लागि कप्तान प्रदिप विष्ट, पासाङ शेर्पा, किस्मत राई, सन्देश खवास, रोहन कार्कीको प्रहार गोलमा परिणत हुँदा पिकेश लिम्बूको प्रहार हेलिबोधका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।

यस्तै, हलिबोधका लागि कप्तान विक्रम राई, सोनाम लिम्बू, क्रिस लिम्बू, धिरज मगरको प्रहारमात्र गोलमा परिणत भयो भने विशाल बस्नेत र दिपेन धिमालको प्रहार हेलिबोधका गोरक्षक विनोद क्षेत्रीले रोके ।

खेलको म्यान अफ दी म्याच रेडहर्षका गोलरक्षक विनोद क्षेत्री घोषित भए । उनलाई माइभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङले नगद प्रदान गरेका थिए । ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल चैत १३ गते शुक्रबार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक इलाम नगरपालिका १ नम्बर वडा कार्यालय रहेको छ । प्रतियोगिताको आयोजक १ नम्बर वडा खेलकुद विकास समिति रहेको छ ।

Post Comments