News वार्जन प्रिजेन्टस प्रथम खुल्ला फुटसल प्रतियोगिता: शंखमुल, ढुकु , फङ्की र डुङ्गा सेमिफाइनलमा
उमेश पुन
 
 
पोखरामा जारी वार्जन प्रिजेन्टस् ‘प्रथम खुल्ला फुटसल प्रतियोगिताको सेमिफाईनलमा टिम डुङ्गा, ढुकु फुटसल हब, फङ्की बिन्स र शंखमुल प्रवेश गरेको छ ।
पोखरा–४ गणेशटोल स्थिति स्पोर्टस क्यासलमा आज (बुधबार) भएको पहिलो क्वाटरफाईनल खेलमा भ्याली स्पोर्टस्लाई २–० गोल अन्तरले पराजिग गर्दै शंखमुल अन्तिम चारमा प्रवेश गर्याे । शंखमुलको जीतमा जुजु श्रेष्ठ र लक्ष्मण थापामगरले समान १÷१ गोलको योगदान दिए । सो खेलबाट शंखमुलका जुजु श्रेष्ठ म्यान अफ द म्याचबाट २ हजार ५ सय र ट्रफी सहित पुरस्कृत बने ।

दोस्रो खेलमा हिमाल एण्ड रक्षा मेमोरियललाई ४–२ गोल अन्तरले टिम डुङ्गाले पराजित गर्याे । डुङ्गाको जीतमा सन्दिप कार्की, अनिल खड्का, प्रवेश जोशी र किरण चौधरीले समान १÷१ गोल गरे । भने हिमाल एण्ड रक्षाको तर्फबाट अर्जुन रानामगरले २ गोल फर्काए । सो खेलबाट रानामगर म्यान अफ द म्याचबात पुरस्कृत भए ।

तेस्रो क्वाटरफाईनल खेलमा राजन एण्ड ब्रदर्शमाथी ढुकु फुटसल हबले ६–० को फराकिलो गोल अन्तरले जीत निकाल्दै सेमीफाईनलमा शंखमुलसँगको भेट पक्का गर्याे । ढुकुको जीतमा अवय राना र आदिल हामिद दुवैले समान १÷१ ह्याट्रिकको योेगदान दिए । उक्त खेलबाट अवय राना म्यान अफ द म्याच घोषित हुदै ट्रफी र नगद रु २ हजार ५ सय प्राप्त गरे ।
यसैगरी अन्तिम क्वाटरफाईनल खेलमा दीप युनाईटेड क्लबलाई ७–२ को फराकिलो गोल अन्तरले फङ्की बिन्सले हराउदै सेमीफाईनलमा टिम डुङ्गा सँगको भेट पक्का गर्याे ।
फङ्की बिन्सको जीतमा अविनाश तामाङले ४ गोलको योगदान दिए भने मनिस क्षेत्रीले २ गोल र एलेन गुरुङले १ गोल गरे । यता दीक युनाईटेडको तर्फबाट विवेक सन्तोषी र तिलक छन्त्यालले समान १÷१ सान्त्वना गोल फर्काए । सो खेलबाट फङ्की बिन्सका अविनाश तामाङ म्यान अफ द म्याचको हकदार बन्दै ट्रफी र नगद रु २ हजार ५ सयबाट पुरस्कृत बने ।

सेमीफाईनलका खेल बिहिबार विहान साढे सात बजे ढुकु फुटसल हब र शखमुल बिच हुने खेल संयोजक आशिश क्षेत्रीले बताए । उनका अनुसार दोस्रो सेमीफाईनल खेल टिम डुङ्गा र फङ्की बिन्स बिच हुनेछ । भने फाईनल खेल मध्यान्ह १२ बजे सञ्चालन गरिनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीले समान १०–१० हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Post Comments