News उपाधिका झरना स्पोर्टस र सोमई ब्रदर्श भिड्ने
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा झरना स्पोर्टस क्लब र सोमई ब्रदर्श भिड्ने भएका छन् ।

तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा झरनाले सखुवानी एफसीमाथि पेनाल्टी शुटआउटमा २–० को जित निकाल्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सोमई ब्रदर्शले मंगलापुर गाईजमाथि समान २–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । स्मरण रहोस, दुवै सेमिफाइनल खेल एकै दिन सम्पन्न भएका थिए ।

प्रतियोगिताको फाइनलमा अब चैत्र १३ गतेका दिन झरना स्पोर्टस र सोमई ब्रदर्श भिड्ने पक्का भएको खेल संयोजक जिवन सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने समेत संयोजक सुवेदीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments