News पृथ्वी युवा क्लब क्वाटरफाइनलमा
सुरज राना मगर

सुस्ता । पृथ्वी युवा क्लब, बर्दघाट–१५ यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत अन्तिम प्रिक्वाटरफाइनलमा राइजिङ स्टार युथ क्लब, भुमहीलाई सडन डेथमा हराउँदै पृथ्वीले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

नवलपरासी–४ नरसही स्थित स्थानीय खेलमैदानमा सम्पन्न निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो ।

खेलको म्यान अफ द म्याच विजयी टोली पृथ्वी युवा क्लबका गोलरक्षक बिबेक हमाल ठकुरी घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र १२ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल मायादेवी युवा क्लब, खैरेनी र सुस्ता स्पोर्टस क्लब–११ बीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments