News प्रदेश स्तरीय खुल्ला नकआउट: पथरी स्पोर्टिङ क्लव मोरङ फाईनलमा
गोपाल काफ्ले

डाँगीहाटमा जारी प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको फाईनलमा डाडाबजार धनकुटा र पथरी स्पोर्टिङ क्लव मोरङ भिड्ने भएका छन ।

बिहिबारको अन्तिम सेमिफाईनल खेलमा बदर्श युनाईटेड झापालाई २-१ गोल अन्तरले हराउदै पथरी फाईनल प्रबेश गरेको हो । पथरीका लागि खेलको ३२ औ मिनेटमा घनश्याम चौहानको प्रहार बचाउने क्रममा झापाका निमाङ लिम्बुले आत्माघाती गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त थप समयमा झापाका प्रविन राईले गोल गर्दै खेल बराबरीमा पुर्याए । पहिलो हाफ १/१ को बराबरीमा खेलेको झापाले दोस्राे हाफमा १ गोल खान पुग्यो । खेलको ६५ औ मिनेटमा पथरीका कवि राईले वान भर्सेस वानमा किपरलाई बिट मार्दै निकालेको पासमा सन्तोष गुरुङले गोल गर्दै २ /१ को अग्रता दिलाए । १ गोलले पछि परेको झापाले खेलमा फर्कने निकै सुनौला अवसर पाए पनि गोल गर्न नसक्दा हार बेहोर्नु पर्यो । झापाले पाएका राम्रा राम्रा अवसरहरुमा पथरीका गोल रक्षक मनाेज गुरुङ बाधक बनेका थिए ।

खेलको म्यान अफ द म्याच पथरी स्पोर्टिङ क्लवका संजय लिम्बू घोसित हुर्दै नगद २५ सय प्रप्त गरे । प्रतियोगिता अन्तगत १४ गते हुने फाईनल खेलमा पथरी स्पोर्टिङ क्लव मोरङ र डाडाबजार फुटवल क्लव धनकुटा विच हुने छ ।

डाँगीहाट जागृती युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोतिगाको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन भने उप विजेतले नगद ५१ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

बुद्ध एयरको प्रायोजक तथा बेलबारी नगरपालीकाको सहयोगमा सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सबै खेल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

Post Comments