
बागमती । अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन यहाँ जारी चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिका फापरबारी स्थित जनता माविको खेलमैदानमा सम्पन्न खेलमा अफ्रिकनले बिर्तामोड युनाइटेड, झापालाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
अफ्रिकनको जितमा नासेकले २० र ३४औं मिनटमा गरि दुई गोल गरेका थिए । त्यस्तै ५४औं मिनटमा एन्जिमी र ६४औं मिनटमा नाकोपले गोल गर्दै अफ्रिकी टोलीको जित पक्का गरेका थिए ।
उता बिर्तामोडका लागि सुनिल खड्काले एक मात्र सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच अफ्रिकन रुटसका नासेक घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत चैत्र १७ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल हिमालयन शेर्पा क्लब र बागमती युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा