News अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन आहा! रारा गोल्डकपको फाइनलमा
गोलनेपाल

१९औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा अफ्रिकन रुटस एसोसिएसन प्रवेश गरेको छ ।

विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अफ्रिकन रुटस फाइनलमा पुगेको हो ।अफ्रिकन रुटसको जितमा पहिलो हाफको ३ मिनटमा बासेकले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल खेलको ९३औं मिनेटमा मौउसाले गोल गरे ।

खेलको म्यान अफ द म्याच अफ्रिकन रुटसका मौउसा घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २८ गते शनिबार फाइनल खेल अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ ।

फाइनल खेल यहि चैत्र २८ गतेका दिन हुनेछ ।

Post Comments