News सुपर सिक्स राउण्डमा झापा एफसीको जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगको सुपर सिक्स राउण्डमा झापा एफसीले जितको स्वाद चाखेको छ । जित हात पार्ने क्रममा झापाले सामाजिक युवा क्लबलाई २–० ले हरायो ।

झापाको जितमा खेलको ४६औं मिनटमा गणेश हेमरमले पहिलो गोल गरे भने ८७औं मिनटमा मौसम सुब्बाले दोस्रो गोल थप्दै झापाको जित पक्का गरेका थिए ।

त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा बिरगंज युथ एकेडेमी र बिरगंज युनाइटेड क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भने चर्च ब्वाईज युनाइटेड र पिनाकल खालीबारी युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

बिहीबारको खेलहरु पश्चात् ३ खेलबाट ७ अंक जोडेको बिरगंज युथ एकेडेमी शिर्ष स्थानमा छ । समान ४–४ अंक जोडेको चर्च ब्वाईज युनाइटेड, पिनाकल खालीबारी युथ क्लब र बिरगंज युनाइटेड क्लब क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

त्यस्तै ३–३ अंक जोडेका झापा एफसी सामाजिक युथ क्लब क्रमशः पाँचौं र छैटौं स्थानमा रहेका छन् । एन्फाका अनुसार सुपर सिक्सका शिर्ष तीन टोलीहरु बी डिभिजनमा बढुवा हुने छन् ।

 

 

Post Comments