News बि– १३ सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु
उमेश पुन

पोखरा । श्री सत्य युवा क्लबको आयोजनामा आइतबारदेखि सुरु प्रथम बि–१३ खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उदघाटन खेलमा बि १३ सि ले विजयी शुरुवात गरेको छ ।

प्रतियोगिताको उदघाटन खेलमा बि १३ सिले क्याफे ब्रदर्सलाई ४–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । बी १३ सी का लागि खेलको शुरुवाती मिनटमै मनाङले नकर्मीले पहिलो गोल गरेका थिए । थप तीन गोल भने बी १३ सी का लागि रवि रानाले गरे । उता क्याफे ब्रदर्शले खेलको अन्तिमतिर एक गोल फर्काए तापनि टोलीको हार भने टरेन ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा लाहाचोकले एसएनएसलाई २–० ले हरायो । प्रतियोगिताको उद्घाटनका दिन तीन खेल हुने भनिए तापनि खराब मौसमका कारण तेस्रो खेल भने रद्द गरिएको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३५ हजार हात पार्नेछ भने उपविजेताले ८५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपँया सहित प्याराग्लाईडिङ टिकट प्राप्त गर्नेछ । त्यसैगरी अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments