सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराट बुद्ध भेट्रान एफसी, बिराटनगर यहाँ जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कनकाई माविको खेलमैदानमा सोमबार भएको खेलमा विराटनगरले धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५२औं मिनटमा शिव कुमार राईको गोलबाट अग्रता बनाएको धरानले त्यसलाई जोगाउन सकेन । त्यसको दुई मिनट लगतै रुद्र बहादुर खड्काले बिराटनगरका लागि बराबरी गोल फर्काएका थिए ।
खेलको म्यान अफ द म्याच विराटनगरका सन्तोष बस्नेत घोषित भए । ५२ वर्षीय बस्नेतले निर्धारित समयको खेल पूरै खेलेका थिए । उनलाई कनकाई केमिकल एन्ड प्याकेजिङका केशव मैनालीले नगद २ हजार प्रदान गरे ।
प्रतियोगिता अन्तरगत मंगलबार दमक लखनपुर भेट्रान एफसी र दूधे भेट्रान क्लब सताक्षीधामबीच खेल हुने आयोजकले जनाएको छ । कनकाई भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा