News बिराजले नेपाल सुपर लिग खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जनले बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) खेल्ने पक्का भएको छ । बिराजले बुटवल लुम्बिनी एफसीबाट सुपर लिग खेल्ने छन् ।

स्मरण रहोस, यसअघि सुपर लिगका लागि गरिएको खेलाडी अक्सनमा उनलाई कुनै क्लबले बोली लगाएको थिएन । बुटवल लुम्बिनीमा आवद्ध भएको कुरा बिराजले आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

साथै बिराजले आफूप्रति विश्वास गर्ने क्लब, प्रशिक्षक, खेलाडी तथा क्लबका पदाधिकारीहरुलाई धन्यवाद दिंदै खुशी समेत व्यक्त गरेका छन् । बुटवल लुम्बिनी एफसीको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य छन् भने मार्की खेलाडीमा बिशाल श्रेष्ठ रहेका छन् ।

क्लबमा लक्ष्मण रुचाल, रबिन श्रेष्ठ, अमिर श्रेष्ठ जस्ता अनुभवी खेलाडीह्रु पनि सामेल छन् । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा यहि बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको सुपर लिगमा कुल ७ टोलीहरुले सहभागिता जनाउने छन् ।

लिगबा सबै खेलहरु दशरथ रंगशालामा हुने छन् । सुपर लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले खेल्ने पनि तय भइसकेको छ ।

Post Comments