भोजपुर । सहज जित निकाल्दै अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन जारी चौथो भोजपुर मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा अफ्रिकनले धनकुटा एफसीलाई ३–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।
भोजपुर स्थित टुंडिखेल मैदानमा भएको खेलको ४०ओं मिनटमा एम्फोमोको गोलबाट अफ्रिकनले खेलमा अग्रता बनाएको थियो । लगतै ४६औं मिनटमा एम्बाकोपले अफ्रिकनको त्यो अग्रता दोब्बर पारे । खेलमा सहज जित निकाल्ने क्रममा खेलको ६१औं मिनटमा मेगबुटुले तेस्रो गोल थप्दै विदेशी टोलीको सेमिफाइनल यात्रा पक्का गरेका थिए ।
प्रतियोगिता अन्तरगत बैशाख ८ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देही र रेड हर्ष एफसी, इलामबीच हुने आयोजकले जनाएको छ ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख ११ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा