News फिफा वरियतामा ९ स्थान तल खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीको वरियता ९ स्थान तल खस्किएको छ ।

फिफाले निकालेको नयाँ वरियताअनुसार नेपाली महिला फुटबल टोली तल खस्किएर १०१औं स्थानमा पुगेको छ । नेपालले समग्रमा कुल १२०० अंक बटुल्दै सो स्थानमा झर्न पुगेको हो ।

दक्षिण एसियातर्फ भने नेपाल भारतपछि दोस्रो स्थानमा छ । फिफा वरियताको ५७औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । १३७औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

१४३औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने १४४औं वरियतामा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । फिफा वरियताको १६१औं स्थानमा रहेको भुटान भने दक्षिण एसियातर्फ छैटौं स्थानमा छ ।

स्मरण रहोस, पाकिस्तान भने हाल कारवाही स्वरुप फिफाको निलम्बनमा रहेकोले फिफाको वरियतामा समेत पर्न असफल भएको छ ।

विश्व वरियतामा अमेरिका अगाडी

त्यस्तै फिफाको विश्व वरियतातर्फ शिर्ष स्थानमा अमेरिका रहेको छ । दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा नेदरल्याण्डस रहेको छ ।

Post Comments