News भिमकालीलाई प्रथम बि–१३ कपको उपाधि
उमेश पुन

पोखरा । यहाँ सम्पन्न प्रथम बि –१३ कप खुल्ला सेभेन ए साइड प्रतियोगिताको उपाधी भिमकाली फुटबल क्लब, बगरले जित्न सफल भएको छ । आइतबार भएको फाइनल खेलमा संगम क्लबलाई ३–१ गोलले पराजित गर्दै भिमकालीले उपाधि चुम्न सफल भएको हो ।

श्री सत्य युवा क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता भिमकालीले उपाधिसहित १ लाख ३५ हजार हात पार्यो भने उपविजेता संगमले ८५ हजारमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच जोर्दन गुरुङ घोषित भए ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षकको पुरस्कार भिमकालीका करण गुरुङ घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि भिमकाली कै अञ्जन देवकोटा चुनिए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर संगमका टंक गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार मालेपाटनका अविरल गिरीले हात पारे ।

उत्कृष्ट प्रशिक्षक भिमकाली कै सुमन गुरुङ चुनिए । प्रतियोगिताको अनुशासित टोली भने राजन एण्ड ब्रदर्श बन्यो । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भिमकालीका समिर कार्की घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

Post Comments