News ललितपुरको जितमा अन्जन निर्णायक
गोलनेपाल

काठमाडौं । मार्की खेलाडी अन्जन बिष्ट निर्णायक बनेपछि ललितपुर सिटी एफसी जारी खुकुरी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा बुधबार भएको इलिमिनेटर म्याचमा ललितपुरले बुटवल लुम्बिनी एफसीको चुनौति १–० ले पन्छाउँदै दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्यो ।

बुधबारको खेलमा अन्जन बिष्टले ६२औं मिनटमा गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक बन्यो । ललितपुरले दोस्रो क्वालिफायरतर्फ बिहीबार काठमाडौं रेजर्ससँग खेल्नेछ ।

रेजर्सले पहिलो क्वालिफायरमा धनगढीसँग ०–२ को हार बेहोरेको थियो । धनगढी भने फाइनलमा प्रवेश गरिसकेको छ । बिहीबार जित हात पार्ने टोलीले लिग उपाधिका लागि धनगढीसँग खेल्नेछ ।

बुधबारको खेलमा ललितपुरका गोलरक्षक अर्पन कार्की सुपर प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै खेलको इमर्जिङ प्लेयरको पुरस्कार ललितपुर कै मिचेन तामाङले हात पारे ।

Post Comments