News
पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लब हङकङका बरिष्ठ उपाध्यक्ष तामाङको १३ औं पुण्यतिथीमा हङकङमा श्रद्धाञ्जली सभा

पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्यतिथीमा हङकङमा आज (आइतबार) श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ ।
सहारा क्लब हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङको संयुक्त आयोजनामा पूर्व राष्ट्रिय खेलाडी एवं उपाध्यक्ष तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै आइतबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले तामाङले आफ्नो खेलाडी जीवनमा खेलकुदमा पुराउन नसकेको बाँकी काम प्रशिक्षक बनेर देखाउने लक्ष्यका साथ एएफसी ए लेवलको प्रशिक्षण लाइसेन्स लिन नेपाल गएको समयमा निधन भएकोले आफुहरु निकै मर्माहित भएको बताए ।
उनले भने “ हामीले भौतिक रुपमा तामाङलाई गुमाय पनि उहाँले देखाएको बाटो हामीले अनुसरण गर्दै उहाँले समाजमा पुराएको योगदानलाई हामी सधै स्मरण गर्ने छौं । ”
कार्यक्रममा सहारा क्लव हङकङका पूर्व प्रमुख सल्लाहकार तुल्सी गुरुङ, महासचिव कुमार गुरुङले तामाङले खेलकुद तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए ।

Post Comments