News ओलम्पिक महिला फुटबलः अमेरिकालाई काँस्य
गोलनेपाल

एजेन्सी । प्रतियोगिताको शुरुवातमा स्वर्णको दावेदार मानिएको अमेरिकाले जारी टोक्यो ओलम्पिकको महिला फुटबलतर्फ बिहीबार काँस्य पदक जितेको छ ।

बिहीबार काशिमा स्थित काशिमा स्टेडियममा सम्पन्न तेस्रो स्थानका लागि भएको रोमाञ्चक भिडन्तमा अमेरिकाले अष्ट्रेलियालाई ४–३ ले हरायो ।

स्मरण रहोस, सेमिफाइनलतर्फ अमेरिकाले क्यानडासँग १–० को हार बेहोरेको थियो भने अष्ट्रेलियाले पनि स्वीडेनसँग समान १–० को हार बेहोर्दै निराश बनेको थियो ।

उता स्वर्ण पदकका लागि क्यानडा र स्वीडेन शुक्रबार योकोहामामा भिड्दै छन् ।

Post Comments