
काठमाडौं । नेपाली फुटबलका दुई परिचित निर्णायकद्वय नबिन्द्र महर्जन र प्रकाश भुजेलले भारतमा आजदेखि शुरु हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
दुवै रेफ्री यसअघि नै आयोजना स्थल भारतको अरुणाचल प्रदेश पुगिसकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलमा नबिन्द्र महर्जनको राम्रो अनुभव छ । उता गत वर्ष मात्र फिफा सहायक रेफ्री बनेका प्रकाश भुजेलसँग राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा निर्णायकको भूमिका निभाएको राम्रो अनुभव छ ।
उद्घाटन खेलमा आज साविक विजेता बंगलादेश र माल्दिभ्स भिड्दै छन् । त्यस्तै आजै हुने दोस्रो खेलमा भारत र श्रीलंका भिड्ने छन् । नेपालको खेल भने ११ मईका दिन श्रीलंकासँग छ । समूह ए मा बंगलादेश, भुटान र माल्दिभ्स छन् भने समूह बी मा भारत, नेपाल र श्रीलंका रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।