काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य अभिषेक रिजालले यसै बर्ष हुने शहिद स्मारक ए डिभिजन लिग मच्छिन्द्र क्लबबाटै खेल्ने भएका छन् ।
रिजालले मच्छिन्द्रसँगै नयाँ सम्झौता गरेको कुरा क्लबले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी दिएको छ । क्लबले अभिषेकसँग गरेको आर्थिक सम्झौताबारे भने विस्तृत रुपमा खुलाइएको छैन ।
स्मरण रहोस, मच्छिन्द्रले गत सिजन लिग उपाधि जित्दा अभिषेक पनि क्लबका लागि महत्वपुर्ण सदस्य थिए । केही महिना अघि उनले चर्चित भारतीय आइ लिगमा एजवाल एफसीका लागि खेलेका थिए ।
मच्छिन्द्रले आइतबार मात्र राष्ट्रिय टोलीका अर्का महत्वपुर्ण सदस्य मनिष डाँगीलाई पनि अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेका थियो ।
यस बर्षको ए डिभिजन लिग आउँदो कार्तिक २९ गतेदेखि शुरु हुने एन्फाले जनाईसकेको छ । यसबर्षको लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्ने पनि एन्फाले घोषणा गरेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै