News एएफसी वुमन्स एसियन कप छनौट नेपालमा नहुने
गोलनेपाल

काठमाडौं । सन् २०२२ मा हुने एएफसी वुमन्स एसियन कपको छनौट खेलतर्फ नेपाल रहेको समूह एफको खेलहरु अब उज्वेकिस्तानमा हुने भएको छ । यसअघि समूह एफ का खेलाहरु नेपालमा हुने तय भएको थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी) ले हालै जानकारी गराएअनुसार समूह एफका खेलहरु उज्वेकिस्तानमा हुनेछन् । त्यस्तै अन्य समूहका खेलहरु पनि तटस्थ खेलमैदानका रुपमा उज्वेकिस्तान मै हुने सम्भावना छ ।

खेलस्थल सारिनुको कारण एएफसीले स्पष्ट नपारे तापनि हाल विश्वव्यापी रुपमा फेलिरहेको कोरोना महामारीका कारण तथा विभिन्न देशहरुमा नागरिकहरुलाई आवतजावतमा लगाइएको कडाईका कारण तटस्थ खेलमैदान खोजिएको अनुमान गरिएको छ ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह एफमा रहेको नेपालसँगै हङकङ र फिलिपिन्स छन् । समूहको शिर्ष स्थानमा रहने टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।

नेपालले अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा छनौट प्रतियोगिताका लागि तयारी शुरु गरिसकेको छ । उता फिलिपिन्सले पनि अमेरिकामा छनौट प्रतियोगिताका लागि तयारी समेत शुरु गरिसकेको छ ।

(तस्विरः एन्फा)

Post Comments