News
फर्पिङ्ग खेलकुद विकास क्लब 'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगितामा सहभागी हुने
![](https://nepali.goalnepal.com/uploads/news/1628916025.jpg)
फर्पिङ्ग खेलकुद विकास कक्लबले दक्षिणकाली नगरपालिका भित्रका प्रतिभावान खेलाडीहरुलाई आफ्नो टिममा समावेश गरेर 'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगिताको लागि खेलाडी तयार गरेको छ ।
'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगिताको लागि क्लब संग आन्तरिक कुनैपनी आर्थिक स्रोत नभएकोले दक्षिणकाली नगरपालिका र नगर भित्र रहेका विभिन्न संघ/संस्था, क्लबका पदाधिकारीहरु तथा खेलप्रेमी महानुभावहरुको आर्थिक सहयोग बाट सो प्रतियोगितामा सहभागी हुन लागेको हो ।
क्लबलाई अहिले सम्म कुनैपनी प्रायोजक र सह-प्रायोजक प्राप्त भएको अवस्था छैन ।
सम्पूर्ण खेलप्रेमी र दक्षिणकाली नगरवासीहरुको साथ र सहयोग बाट क्लबले 'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगितामा राम्रो नतिजा ल्याई उच्च मनोबलका साथ 'ए' डिभिजन सम्म क्लबलाई पुर्याउने लक्ष्य लिएको छ ।
Post Comments