
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको संख्या घटाएर २८ पुर्याइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
स्मरण रहोस, बन्द प्रशिक्षणका लागि ४५ खेलाडीहरुलाई सामेल गरिएको थियो । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको फुटबल टोलीबाट ११ खेलाडीहरुलाई फुकुवा गरिएको एन्फाले जनाएको छ ।
त्यसमा बाँकी ६ खेलाडीहरु मध्ये पाँच खेलाडीहरु नेपाल पुलिस क्लबका रहेको र उनीहरु परीक्षाका कारण बन्द प्रशिक्षणमा सहभागी नभएको बताइएको छ । त्यस्तै एक खेलाडीलाई भने कोरोना संक्रमण भएको एन्फाले जनाएको छ ।
स्मरण रहोस, नेपालले आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपको छनौट प्रतियोगिता खेल्ने तयारीमा छ । छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले बलियो हङकङ र फिलिपिन्सको सामना गर्नेछ ।
छनौट प्रतियोगिताको मिति नतोकिए तापनि प्रतियोगिता आयोजना उज्वेकिस्तानमा हुनेछ । यसअघि यो छनौट प्रतियोगिता नेपाल मै हुने तय भइसकेको थियो ।
बन्द प्रशिक्षणमा रहेका टोलीहरुः