News महिला फिफा वरियतामा खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोली एक स्थान तल खस्किएको छ । फिफाले अगस्त महिनाका लागि निकालेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १०१औं स्थानमा पुगेको हो ।

दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । त्यस्तै फिफा वरियताको ५७औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । १३७औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ भने १४३औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।

त्यसैगरी १४४औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १६१औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैंटौं स्थानमा छ । अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तान भने हाल फिफाको प्रतिवन्धमा रहेको छ ।

विश्व नम्बर एक अमेरिका

त्यस्तै महिलाको ताजा विश्व वरियतामा चार पल्टको विश्व च्याम्पियन अमेरिका शिर्ष स्थानमा छ । दोस्रो स्थानमा स्वीडेन रहेको छ भने तेस्रो स्थानमाथि जर्मनीले कब्जा जमाएको छ ।

Post Comments