News दुई चरणको ‘दुई महिने’ सी डिभिजन छनौट (पूर्णखेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि भाद्र १० गतेदेखि आयोजना गर्न गईरहेको शहिद स्मारक सी डिभिजन लिग छनौटको खेलतालिका सार्वजनिक गरेको छ ।

एन्फाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि दुई महिने लामो सी डिभिजन छनौट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार छनौट प्रतियोगिता दुई चरणमा करिब दुई महिनासम्म चल्नेछ ।

खेलतालिकाअनुसार छनौट प्रतियोगिता यहि भाद्र १० मा शुरु भई ८ कार्तिकका दिन समापन हुनेछ । त्यस अवधिमा नेपालीहरुको मुख्य चाडपर्व (दशै, तिहार) पर्ने भएकोले १३ दिन बिश्राम पनि दिइएको छ ।

प्रतियोगितामा अन्तिम समयमा आएर एक टोलीले सहभागिता नजनाउने भएपछि अब ७८ टोलीहरुले मात्र सहभागिता जनाउने छन् । यद्यपि दुई महिने लामो छनौट प्रतियोगितामा काठमाडौं बाहिरका क्लबहरुलाई भने गाह्रो पर्ने अनुमान गरिएको छ । एन्फाले उपत्यका बाहिरका टोलीहरुलाई के कस्तो सुविधा उपलब्ध गराउने हो, त्यसबारे खुलाएको छैन ।

छनौट प्रतियोगितामा सहभागि क्लबहरुलाई २६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ३–३ टोलीहरु सामेल छन् । प्रत्येक समूहको शिर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछ । नकआउट चरणमा प्रवेश गर्ने टोलीहरुलाई पनि तीन समूहमा विभाजन गरिनेछ । साथै प्रत्येक समूहको शिर्ष टोली सी डिभिजनमा बढुवा हुनेछ ।

हेर्नुहोस पूर्ण खेलतालिकाः

 

 

 

 

Post Comments