News माल्दिभ्स युएईसँग पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आगामी बर्ष हुने एएफसी वुमन्स एसियन कपको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको माल्दिभ्सले त्यसका लागि कडा अभ्यास र प्रशिक्षणमा व्यस्त छ ।

हाल युएई भ्रमणमा रहेको माल्दिभ्सले त्यहाँको राष्ट्रिय टोलीसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम अनुसार सोमबार पहिलो मैत्रीपुर्ण फुटबल म्याच सम्पन्न भएको छ ।

खेलमा सुधारिएको प्रदर्शन गरेको माल्दिभ्सले युएईसँग ५–१ को हार बेहोर्यो । स्मरण रहोस, माल्दिभ्सले युएईमा दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम रहेको माल्दिभ्स एफएले जनाएको छ ।

एसियन कपको छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको माल्दिभ्सले दावेदार मानिएको भियतनामसँगै ताजिकिस्तान र अफगानिस्तान विरुद्ध खेल्नेछ । समूहका सबै खेलहरु ताजिकिस्तानमा हुनेछन् ।

आगामी बर्ष भारतमा हुन गईरहेको एएफसी वुमन्स एसियन कपतर्फ आयोजकको हैसियतले दक्षिण एसियाली राष्ट्र भारतले भने प्रतियोगिताको सोझै खेल्ने अवसर पाएको छ ।

(तस्विरः युएई एफए)

 

Post Comments