News
आरसी३२ एकेडेमीको फराकिलो जित
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग छनौटतर्फ सुर्खेतको टोली आरसी३२ एकेडेमीले फराकिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्समा स्म्पन्न खेलमा आरसी३२ ले भर्सिटी एफसीलाई ८–० को फराकिलो अन्तरले हरायो ।
त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स मै सम्पन्न भएको अर्को खेलमा मेहलकुना एफसी र वेस्ट काठमाडौं एफसीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।
अखिल नेपाल फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरिका ७८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । छनौट प्रतियोगिताबाट कुल ३ टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न