News रोहितले भारत विरुद्धको खेल नखेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका महत्वपुर्ण सदस्य रोहित चन्दले भारत विरुद्ध हुने दुई मैत्रीपुर्ण फुटबल म्याच नखेल्ने भएका छन् ।

रोहित यसअघि नै इण्डोनेसियन क्यापिटल जकार्ता पुगिसकेका छन् । आफ्नो क्लब पर्सिजा जकार्ताले बोलाएपछि उनी त्यहाँ पुगेका हुन् । यद्यपि उनले जकार्ता पुगेर पनि आठ दिन क्वारेन्टिन बस्नु परेको थियो ।

रोहितका म्यानेजर तथा दाजु रबिन्द्र चन्दले जानकारी दिए अनुसार रोहितले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीसँग आवश्यक छलफल गरेर नै जकार्तातर्फ लागेको बताए । म्यानेजर रबिन्द्रका अनुसार रोहितले भारत विरुद्धको खेल खेल्ने सम्भावना पनि थियो । तर अन्तिममा आएर त्यो सम्भव भएन ।

रबिन्द्र भन्छन्, “मुख्य समस्या क्वारेन्टिन थियो । जकार्ता पुगेर ८ दिन क्वारेीन्टन बस्नुपर्यो । त्यो नभईदिएको भए उनी काठमाडौं सो खेलहरुका लागि उपलब्ध हुन सक्थे । क्लबले उनलाई महत्वपुर्ण अभ्यास सत्रका लागि बोलाएपछि उनी जकार्ता पुगेका हुन् । अब रोहितको मुख्य ध्यान सफल च्याम्पियनसिपको तयारीमा हुनेछ ।”

रोहित जकार्ताको अभ्यासमा समेत फर्किसकेका छन् । त्यसबारे क्लबले आफ्नो आधिकारिक फेसबुकमार्फत रोहितको आगमनबारे एक पोस्ट पनि सार्वजनिक गरिसकेको छ ।

स्मरणीय छ, नेपालले यहि भदौ १७ र २० गतेका दिन भारतसँग दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्दैछ । त्यसपछि साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली बन्द प्रशिक्षणका लागि कतार जानेछ । र त्यतैबाट साफ च्याम्पियनसिपका लागि माल्दिभ्स पुग्ने एन्फाले जनाएकोछ ।

Post Comments