News बराबरीमा रोकियो रोहितको टोली जकार्ता (भिडियोसहित)
गोलनेपाल

काठमाडौं (एजेन्सी) । शुरुवाती गोलको अग्रता जोगाउन नसक्दा रोहित चन्दको टोली पर्सिजा जकार्ताले बराबरीका साथ नयाँ सिजनको शुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा जकार्ताले आइतबार पिएसएस स्लेमनसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

पाकनसरी स्टेडियममा सम्पन्न खेलको १७औं मिनट मै ब्राजिलियन डिफेन्डर यान मोटाको गोलबाट जकार्ताले खेलमा अग्रता बनाएको थियो । तर जकार्ताले त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । उता दोस्रो हाफतर्फ ६७औं मिनटमा इर्खाम जहरुल मिलाले स्लेमनका लागि बराबरी गोल फर्काउँदा जकार्ता जितबाट बञ्चित हुन पुगेको थियो ।

खेलमा नेपाली स्टार रोहित चन्दले टोलीको पहिलो रोजाई मै रहेर सिजनको शुरुवात गरेका थिए । जकार्ताले आफ्नो दोस्रो सेप्टेम्बर १२ तारीख आईतबारका दिन पिएसआइएस सेमरङसँग खेल्नेछ ।

स्मरण रहोस, गत सिजन लिगा इण्डोनेसियाको आयोजना भएको थिएन । सन् २०१९ को लिगा इण्डोनेसियाको उपाधि भने बाली युनाइटेडले पहिलोपटक जित्न सफल भएको थियो । त्यतिबेला जकार्ताले लिगतालिकाको नवौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।

Post Comments