News कप्तान किरनलाई नयाँ भूमिका
गोलनेपाल

काठमाडों । राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले फुटबल करियरसँगै नयाँ भूमिका पाएका छन् । किरनलाई नयाँ भूमिकाको रुपमा प्रिमियर इन्टरनेशनल आईबी वल्र्ड स्कुलले ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ ।

प्रिमियर स्कुलले बुधबार एक कार्यक्रमको आयोजना गरि किरनलाई नयाँ भूमिका दिइएको हो । किरनले प्रिमियर स्कुलसँग तीन बर्षका लागि सम्झौता गरेको बताइएको छ ।

स्मरण रहोस, किरनले गत आइतबार सम्पन्न भारत विरुद्धको दुई अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्दै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रय म्याच खेल्ने किर्तिमान बनाएका थिए । उनले भारत विरुद्ध दोस्रो म्याच खेल्दै नेपालका लागि ७४ अन्तर्राष्ट्रिय म्याच खेल्ने पहिलो खेलाडी बने ।

किरनले यसअघि नेपालका पूर्वकप्तान बिराज महर्जनले बनाएको ७३ अन्तर्राष्ट्रिय म्याचको किर्तिमान भारत विरुद्ध पहिलो म्याच खेल्दै बराबरी गरेका थिए ।

नयाँ जिम्मेवारी र भूमिका पाएका किरनले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments