News नेपालको तर्फबाट दुई खेलाडीको डेब्यु
गोलनेपाल

बगलादेश विरुद्धको पहिलो मैत्रीपुर्ण खेलमा नेपालको तर्फबाट दुई खेलाडीले डेब्यु गरेका छन् ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दुई नयाँ खेलाडी प्रीति राई र सबिता रानालाई टोलिमा समेट्दै सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।

रेनुका नगरकोटीको कप्तानिमा नेपालले बगलादेश विरुद्ध उत्रनेछ । नेपाल र बगलादेश बिचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बगलादेशसग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यस्तै नेपाल र बगलादेश बिचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ ।

Post Comments