News पहिलो हाफमा नेपाललाई २-० को अग्रता
गोलनेपाल

नेपालले बगलादेश विरुद्धको पहिलो मैत्रीपुर्ण खेलमा २-० को अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी मैत्रीपुर्ण खेलमा २-० को अग्रता बनाएको हो । सबिता राना र प्रीति राइले आफ्नो डेब्यु खेलमा नै १-१ गोल गरेका थिए । खेलको १४ अाै मिनेटमा बिमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेकी हुन् ।

यस्तै खेलको २२ अाै मिनेटमा सरुको पासलाई नै सदुपयोग गर्दै प्रीतिले अग्रता दोब्बर बनाइन । बगलादेश विरुद्धको मैत्रीपुर्ण खेलमा नेपालको तर्फबाट सबिता र प्रीतिको यो पहिलो डेब्यु खेल हो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बगलादेशसग मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।

नेपाल र बगलादेश बिचको दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ ।

Post Comments