News नेपाली फुटबल टोली कतार प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली साफ च्याम्पियनसिपको तयारीका लागि शुक्रबार कतायर एयरवेजमार्फत कतारतर्फ प्रस्थान गरेको छ । टोलीलाई बिहीबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमका बीच बिदाई गरेको थियो ।

टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारी भने यसअघि नै कतार पुगिसकेका छन् । एन्फाका अनुसार नेपाली टोलीले कतारमा १७ दिन लामो बन्द प्रशिक्षण गर्नेछ । साथै बन्द प्रशिक्षणको समाप्ती पश्चात टोली कतारबाटै माल्दिभ्सतर्फ प्रस्थान गर्नेछ ।

स्मरण रहोस, यस बर्षको प्रतिष्ठित साफ च्याम्पियनसिप यहि आउँदो अक्टुबर १ तारीखदेखि माल्दिभ्सको माले सिटीमा शुरु हुँदैछ । नेपालले उद्घाटन खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि दक्षिण एसियाका पाँच टोलीहरुले सहभागिता जनाउँदै छन् । लिग चरणको खेल पश्चात शिर्ष दुई टोलीबीच उपाधिका लागि फाइनल भिडन्त हुनेछ ।

 

Post Comments