News बंगलादेश विरुद्ध नेपाली टोलीमा दुई परिवर्तन
गोलनेपाल

काठमाडौं । बंगलादेश विरुद्ध हुने दोस्रो मैत्रीपुर्ण फुटबल म्याचका लागि नेपाली महिला फुटबल टोलीको प्लेइङ स्क्वाडमा मुख्य प्रशिक्षक गेरी फिलिप्सले दुई परिवर्तन गरेका छन् ।

आइतबार हुने दोस्रो म्याचका लागि घोषणा गरिएको प्लेइङ–११ मा सबिता राना र मन्जली योन्जनको स्थानमा अनिता बस्नेत र रश्मी घिसिङले अवसर पाएका छन् ।

स्मरण रहोस, बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण म्याचमा नेपालले २–१ को जित निकाल्दा सबिताले आफ्नो डेब्यु खेलमै डेब्यु गरेकी थिईन् । आजको खेल नेपाली समयअनुसार ५ बजेदेखि दशरथ रंगशालामा शुरु हुँदैछ ।

हेर्नुहोस नेपालको प्लेइङ–११

Post Comments