News रेफ्री कमिटीमा गुरुङ र शर्माको नियुक्ति
गोलनेपाल

काठमाडौं । पूर्व फिफा रेफ्री तथा एन्फा रेफ्री एसोसिएशनका अध्यक्ष बुद्धि बहादुर गुरुङ रेफ्री कमिटीको उपाध्यक्षमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे ।

स्मरण रहोस, गुरुङ यसअघि रेफ्री कमिटीका सदस्य समेत थिए । त्यस्तै सोही अवसरमा पूर्व फिफा महिला रेफ्री कल्पना शर्मालाई रेफ्री कमिटीको सदस्यमा नियुक्त गरिएको छ । उनलाई पनि एन्फा अध्यक्ष शेर्पाले सोही अवसरमा नियुक्तीपत्र हस्तान्तरण गरे ।

एन्फाका अनुसार नियुक्त भएका गुरुङ र शर्माले रेफ्री कमिटीको कार्यकाल अवधिभर आ–आफ्नो सम्बन्धित जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।

Post Comments