News बगरभाई खलक पोखराले जित्यो पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता
गोलनेपाल

पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधी बगरभाई खलक पोखराले हात पारेको छ ।

शनिबार हेटौडाको लोकतान्त्रिक चौर हुप्राचौरमा सम्पन्न फाईनल खेलमा बानेश्वर फुटबल टिमलाई २–० गोलको अन्तरमा पछाडी पार्दै बगरभाई खलक पोखरा बिजयी भएको हो । बगरभाईको तर्फबाट खेलको ७ औ मिनेटमा राजकुमार तामागले गोल गर्दै टिमलाई अग्रता बनाएका थिए भने खेलको दोश्रो हाफको ४९ औ मिनेटमा क्यापटेन ईश्वर गुरुगले थप गोल गर्दै टिमलाई बिजयी बनाएका थिए । २५–२५ मिनेट खेलाईएको खेलमा बानेश्वर फुटबल टिमको तर्फबाट गोल गर्ने धेरै अबसरहरु प्राप्त गरेपनि गोल गर्नबाट चुकेपछि बानेश्वर फुटबल टिम पाचौँ हेटौडा भेट्रान्स कपको  च्याम्पियनसिप बन्ने सपनाबाट पछाडी परेको थियो ।

खेलमा प्रथमहुने बगरभाईखलक पोखराले नगद १ लाख १ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने बानेश्वर फुटबल टिमले नगद ५० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै खेलमा उत्कृष्ठ फरवर्ड बगरभाई खलकका राजकुमार तामाग,बेष्ट डिफेन्सको उपाधी बानेश्वर फुटबल टिमका बिश्व बैराग समाल,बेष्ट मिड फिल्डर हरीहर झलक,बेष्ट किपरको उपाधी बगरभाई खलकका किपर लक्ष्मण तामाग घोषित भएका थिए भने उनिहरु चारै जनाले नगद ५ हजार सहित ट्रर्फी प्राप्त गरेका थिए । यस्तै खेलको उत्कृष्ठ खेलाडी बगरभाईखलकका क्यापटेन ईश्वर गुरुग घोषित भएका थिए उनल नगद १० हजार सहित ट्रर्फी प्राप्त गरेका थिए । बिजेता र उपबिजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी हेटौडा उपमहानगरपालीकाका प्रमुख हरीबहादुर महतले पुरुस्कार प्रदान गरेका थिए ।


पुरस्कार प्रदान गर्दै प्रमुख अतिथी महतले हेटौडा भेट्रान्सले गत बर्ष भन्दा ब्यबस्थित,भब्य र सब्य रुपमा पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता सम्पन्न गरेकोमा बधाई र धन्यबाद दिदै आगामी दिनमा हेटौडा उपमहानगरपालिका हातेमालो गर्न तयार रहेको बताउनु भयो । समापन समारोहमा वडा न ४ का वडा अध्यक्ष नबिन सिग्देल,प्रायोजक हेटौडा स्कुलअफम्यानेजमेण्टका पुरणबहादुर जोशी,स्वर्ण भण्डारका ज्योतीरत्न बज्रचार्य,मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगाएतले खेल भब्य रुपमा सफल भएकोमा आयोजक र खेलाडीहरुलाई बधाई ज्ञापन गरेका थिए ।  

गत पौष २ गतेदेखी हेटौडाको लोकतान्त्रिक चौर हुप्राचौरमा आयोजना भएको खेलमा ४० बर्ष माथि उमेर समुहका पुर्ब राष्ट्रिय खेलाडीहरु सहित १६ टिमको सहभागिता रहेको थियो ।  समापना समारोह हेटौडा भेट्रान्सका अध्यक्ष दिपकराज बज्रचार्यको सभाअध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष बज्रचार्यले खेल भब्य र सब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

Post Comments