News फुटसल फाईभको पहिलो जित
उमेश पुन

पोखरा । जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा फुटसल फाईभ धरानले पहिलो जित दर्ता गरेको छ । पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार सम्पन्न तेस्रो खेलमा फुटसल फाईभले ढुकु फुटसल हबलाई ५–३ ले हरायो ।

खेलको प्लेयर अफ द म्याच विजयी टोली फुटसल फाईभ कै गोलरक्षक सन्जिव तामाङ घोषित भए । पुरस्कार वापत उनले नगद ५ हजार र ट्रफी समेत हात पारे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी फुटसल लिगमा देशभरिबाट छनौट भएर आएका उत्कृष्ट दश टोलीहरुले सहभागिता जनाउँदै छन् । आउँदो असोज २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments