News राईजिङ क्लब, धरानको जितको ‘ह्याट्रिक’
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको द राइजिङ क्लब, धरानले लगातार तेस्रो जित हात पारेको छ । बुधबार पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न पहिलो खेलमा राइजिङले झरना स्पोर्टस क्लब, रुपन्देहीलाई ५–३ ले हरायो ।

आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राखेको राइजिङ तीन खेलबाट तीन जित निकाल्दै ९ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता लगातार तेस्रो हार बेहोरेको झरना भने अंकविहीन रुपमा पुछारमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा देशभरिबाट छनौट भई आएका उत्कृष्ट दश टोलीहरुले सहभागिता जनाइरहेका छन् । यहि असोज २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments