भक्तपुर । आउँदै गरेको नेपालीहरुको महान पर्व दशैंको छेको पारेर हेल्दी फुटसल प्रा.लि.ले प्रथम हेल्दी फुटसल कप नकआउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यहि असोज १६ गते शनिबारका दिन आयोजना हुन गईरहेको एक दिने फुटसल प्रतियोगितामा बढीमा ३२ टोलीहरुले सहभागिता जनाउने अनुमान गरिएको आयोजकले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण खेलकुद गतिविधी ठप्प रहेको अवस्थामा खेलाडीहरुलाई फेरि खेलकुद गतिविधीमा सक्रिय हुन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी दियो ।
कुल ३ लाख १५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेलहरु आयोजकको आफ्नै खेलस्थल हेल्दी फुटसल एरिनामा हुने समेत आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै