News भक्तपुरमा हेल्दी फुटसल हुने
गोलनेपाल

भक्तपुर । आउँदै गरेको नेपालीहरुको महान पर्व दशैंको छेको पारेर हेल्दी फुटसल प्रा.लि.ले प्रथम हेल्दी फुटसल कप नकआउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि असोज १६ गते शनिबारका दिन आयोजना हुन गईरहेको एक दिने फुटसल प्रतियोगितामा बढीमा ३२ टोलीहरुले सहभागिता जनाउने अनुमान गरिएको आयोजकले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण खेलकुद गतिविधी ठप्प रहेको अवस्थामा खेलाडीहरुलाई फेरि खेलकुद गतिविधीमा सक्रिय हुन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी दियो ।

कुल ३ लाख १५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका सबै खेलहरु आयोजकको आफ्नै खेलस्थल हेल्दी फुटसल एरिनामा हुने समेत आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दियो ।

 

Post Comments