News शंखमुलको पहिलो जित
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा शंखमुल फुटसलले पहिलो जित हात पारेको छ । पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार सम्पन्न खेलमा शंखमुलले प्रभातफेरी युथ क्लबलाई ७–४ ले हरायो ।

खेलमा शंखमुलका मणि लामा म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ३ खेलबाट ५ अंक जोडेको शंखमुल दोस्रो स्थानमा छ । र शिर्ष स्थानको टोली द राईजिङ क्लब, धरानभन्दा ४ अंकले पछाडी छ । त्यस्तै शंखमुलसँग पराजित प्रभातफेरी भने अंकविहीन रुपमा पुछारमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा देशभरिबाट छनौट भई आएका उत्कृष्ट दश टोलीहरुले सहभागिता जनाईरहेका छन् । यहि असोज २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments