News बंगलादेशको फाइनल स्क्वाडमा नाइजेरियन मूलका फरवार्ड किंग्सले सामेल
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित साफ च्याम्पियनसिपका लागि बंगलादेशले आफ्नो टोलीको अन्तिम नामावली सार्वजनिक गर्दा टोलीमा नाइजेरियन मूलका बंगलादेशी फरवार्ड इलेटा किंग्सले पनि परेका छन् ।

बंगलादेशले हाल आफ्नो मुख्य प्रशिक्षक जेमी डेलाई आराम दिएर अन्तरिम प्रशिक्षकका रुपमा स्पेनिस प्रशिक्षक ओस्कार ब्रुजोनलाई नियुक्त गरेको छ । ४४ बर्षिय ब्रुजोनले साफ च्याम्पियनसिपमा बंगलादेशको जिम्मेवारी सम्हाल्ने छन् ।

यसअघि बंगलादेश प्रिमियर लिग च्याम्पियन बसुन्धरा किंग्सका प्रशिक्षक समेत रहेका ब्रुजोनले बसुन्धरा किंग्सका १० खेलाडीहरुलाई राष्ट्रिय टोलीको अन्तिम स्क्वाडमा सामेल गरेका छन् ।

उता ३१ बर्षिय नाइजेरियन मूलका फरवार्ड किंग्सलेले हालै बंगलादेशको पासपोर्ट हात पार्न सफल भएका थिए । यद्यपि उनी बंगलादेशी राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न बंगलादेश एफएले अझै पनि एएफसीको स्वीकृति पाउनुपर्ने बताइएको छ । तर पनि उनी साफमा खेल्ने लगभग निश्चित छ ।

यहि अक्टुबर १ तारीखदेखि शुरु हुन गईरहेको साफ च्याम्पियनसिपमा बंगलादेशले उद्घाटन कै दिन श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ४ अक्टुबरका दिन भारतसँग खेल्नेछ भने ७ अक्टुबरा दिन माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै लिग चरणको आफ्नो अन्तिम खेलका रुपमा बंगलादेशले १३ अक्टुबरका दिन नेपालसँग खेल्ने कार्यक्रम छ ।

Post Comments