News फुटसल फाईभ र लुम्बिनी फुटसलको बराबरी
उमेश पुन

पोखरा । ए डिभिजन फुटसल लिग प्रतियोगितामा बिहीबार भएको अन्तिम खेलमा फुटसल फाईभ र लुम्बिनी फुटसल, रुपन्देहीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि प्रयास गरे तापनि सफल भएनन् । खेलमा फुटसल फाईभका बिजय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै ३ खेलबाट ५ अंक जोडेको फुटसल फाईभ लिगतालिकाको पाँचौं स्थानमा छ । त्यस्तै ४ अंक जोडेको लुम्बिनी फुटसल छैठौं स्थानमा छ । शिर्ष स्थानमा भने ९ अंकका साथ राइजिङ क्लब धरान रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । असोज २२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् ।

Post Comments