
काठमाडौं (एजेन्सी) । फुटबलमा र फुटबल मैदानमा राजनीति हस्तक्षेप मिसिनु वा मिसाउनुलाई राम्रो मानिदैछन । यस्ता क्रियाकलापलाई फुटबल बुझ्ने कसैले पनि मन पराउँदैनन् । तर, सुरिनामका उपराष्ट्रपति रोनी ब्रुन्सविकले भने फुटबलमा राजनीतिका सबै हद पार गरेका छन् ।
गत बर्षको जुनमा सुरिनामका उपराष्ट्रपति बनेका रोनीले सत्तामा आएपछि आफ्नो पहिलो कामका रुपमा व्यवसायीक फुटबल क्लब किन्ने जमर्को गरे । त्यसैक्रममा उनले सुरिनामको शिर्ष लिग खेल्ने इन्टर मुइङगोटापो फुटबल किन्न समेत भ्याए । संयोग मान्नुपर्छ उनले किनेको क्लबमा उनका छोरा पनि आवद्ध थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सत्तामा आउनु अघि विभिन्न अपराधिक र गृह युद्धमा समेत मिसिएका रोनीले बैंक लुट्ने साथै गुरिला फाइटरका लिडरदेखि अघोषित रुपमा ५० सन्तानका पिता समेत रहेको बताइएको छ । त्यहि सन्तान मध्ये एक उनले किनेको क्लबमा व्यवसायीक फुटबल खेलिरहेको स्रोतले जनाएको छ ।
तर क्लब किनेका ६० बर्षे रोनी त्यति मै रोकिएनन् । क्लबा लागि उनी आफै खेल्ने निर्णय समेत गरे । त्यो पनि कनकाकाफ लिग । जुन उत्तर अमेरिकी महादेशको युरोपा लिग सरह समेत हो । लिगको पहिलो लेगमा उनको क्लब इन्टरले होण्डुरसको ओलम्पियासँग घरमै खेल्यो । त्यति मात्र नभएर खेलमा उनी आफै कप्तान पनि बने र ५४ मिनटसम्म फुटबल पनि खेले ।
खेलमा उनको टोली ६–० ले पराजित हुन पुग्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दावीलाई आधार मान्ने हो भने उनले खेलमा १७ मध्ये १४ पास सफलताका साथ पुरा गरेको समेत बताइएको छ ।
रोनीको कथा यति मै रोकिएन । उनले आफ्नो क्लबको घरेलु मैदानलाई आफ्नै नामबाट नामाकरण समेत गरे । साथै ओलम्पिया विरुद्धको खेलपश्चात विपक्षी टोलीको ड्रेसिङ रुममा गएर सबै खेलाडीहरुलाई १००–१०० का दरले अमेरिकी डलर बाँडेको समेत बताइएको छ ।
उनले ओलम्पिया विरुद्ध दोस्रो लेगमा पनि खेल्ने इच्छा व्यक्त गरेको बताइएको छ । तर उनको त्यो चाहना भने इन्टरपोलले पूरा हुन नदिने संकेत देखाएको छ । स्रोतका अनुसार रोनी लागुऔषध ओसारपसारको आरोपमा इन्टरपोलको वान्टेड लिस्टमा छन् । र, उनले आफ्नो देश सुरिनाम छाड्न नपाउने बताइएको छ ।
Father time is undefeated, but nobody tell that to the vice president of Suriname.
— Sports Illustrated (@SInow) September 22, 2021
At 60 years old, Ronnie Brunswijk, who owns Inter Moengotapoe, captained and played for his team on Tuesday in both halves for a total of 54 minutes against Olimpia 🐐🇸🇷 https://t.co/aWnpJhs5Oh pic.twitter.com/PJqvwPY8qZ
60 year-old Ronnie Brunswijk, the vice president of Suriname, picked himself to play for the club he owns, Inter Moengotapoe.
— Footy Accumulators (@FootyAccums) September 22, 2021
They lost 6-0 😂😂😂
📹 IG: tudnusa pic.twitter.com/64ti4xxoqO
Video was streamed tonight from Olimpia's locker room that appears to show Ronnie Brunswijk giving people in the locker room cash. He also leaves with an Olimpia shirt.pic.twitter.com/eQ1Vk928Bl
— Jon Arnold (@ArnoldcommaJon) September 22, 2021