News शंखमुल, स्पोर्टस क्यासल र स्काई गोल्सको जित
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा बुधबार भएका तीन खेलहरुमा शंखमुल फुटसल, स्पोर्टस क्यासल र मच्छिन्द्र स्काई गोल्सले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न पहिलो खेलमा शंखमुलले लुम्बिनी फुटसल, रुपन्देहीलाई ३–२ ले हरायो । खेलमा शंखमुलका सुसन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा घरेलु टोली स्पोर्टस क्यासलले रुपन्देहीको अर्को टोली झरना स्पोर्टस क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो । सो खेलमा स्पोर्टस क्यासलका बिजय गुरुङ म्यान अफ द म्याच घोषित भए ।

बुधबारको अन्तिम तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्काई गोल्सले प्रभातफेरी युथ क्लबलाई ४–३ ले हरायो । सो खेलमा स्काई गोल्सका गोलरक्षक लक्ष्मण थापा म्यान अफ द म्याच चुनिए ।

बुधबारको जितसँगै ६ खेलबाट १६ अंक जोडेको स्पोर्टस क्यासल शिर्ष स्थानमा उक्लिएको छ । १४ अंक जोडेको शंखमुल दोस्रो स्थानमा छ भने ९ अंकका साथ स्काई गोल्स छैठौं स्थानमा छ ।

त्यस्तै ४–४ अंक जोडेका प्रभातफेरी र लुम्बिनी फुटसल लिगतालिकाको आठौं र नवौं स्थानमा छन् भने अंकविहीन झरना स्पोर्टस पुछारमा अझै संघर्षरत छ ।

Post Comments