News सहज जितका साथ एभरेष्ट सेमिफाइनलमा
गोलनेपाल

वराहक्षेत्र । सहज जित हात पार्दै एभरेष्ट फुटबल क्लब यहाँ जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको अन्तिम क्वाटरफाइनलमा इटहरी फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै एभरेष्ट अन्तिम चारमा प्रवेश गरेको हो । चतरा खेलमैदानमा सम्पन्न खेलमा एभरेष्टका लागि १३औं मिनटमै सञ्जय श्रेष्ठले पहिलो गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ११औं मिनटमा अनिष लिम्बुले एभरेष्टको त्यो अग्रता दोब्बर पारे भने त्यसको पाँच मिनट लगतै युवराज श्रेष्ठले तेस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलको म्यान अफ द म्याच एभरेष्टका सञ्जय श्रेष्ठ घोषित भए । उनलाई समाजसेवी तथा युवा व्यवसायी सुरेन श्रेष्ठले नगदसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत असोज १४ गते बिहीबारको पहिलो सेमिफाइनल खेल ग्रीन कल्चर एफसी र जे एस वाई सी बीच हुने आयोजकले जनाएको छ ।

चतरा फुटबल क्लब, वराहक्षेत्र–१ सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

Post Comments