News 'धराने डर्बी'मा फुटसल फाईभको जित
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा बिहीबार भएको धराने डर्बी भिडन्ततर्फ फुटसल फाईभले जित हात पारेको छ ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न पहिलो खेलमा फुटसल फाईभले शहरी प्रतिद्वन्द्वी द राइजिङ क्लबलाई ७–५ ले हरायो । खेलमा फुटसल फाईभका सरोज तामाङ म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै ७ खेलबाट १४ अंक जोडेको फुटसल फाईभ लिगतालिकाको तेस्रो स्थानमा पुगेको छ । पराजित द राइजिङ भने १३ अंकका साथ चौथो स्थानमा छ ।

बिहीबार नै सम्पन्न दोस्रो खेलमा ढुकु फुटसल हबले लुम्बिनी फुटसल रुपन्देहीलाई ५–२ ले हरायो । खेलमा ढुकु फुटसलका बिक्रान्त नरसिंह राणा म्यान अफ द म्याच घोषित भए ।

यो जितपछि ७ खेलबाट ७ अंक जोडेको ढु्कु फुटसल सातौं स्थानमा छ । पराजित लुम्बिनी फुटसल भने ४ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।

Post Comments