News सिमरा युनाइटेडको सहज जित
गोलनेपाल

बिजयवस्ती । सहज र एकतर्फी जित निकाल्दै सिमरा युनाइटेड यहाँ जारी प्रथम समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलमा सिमराले सर्लाही–११ लालबन्दीलाई ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा पक्का गरेको हो । बिजयवस्ती खेलमैदानमा सम्पन्न खेलमा सिमराका लागि समिराज थोकरले ह्याट्रिक गरे भने थप एक गोल निरज थापा मगरले गरे ।

उता पराजित सर्लाहीका लागि सागर स्याङ्तनले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा सिमराका लागि ह्याट्रिक गरेका समिराज थोकर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी तथा ठोरी–३ पर्साका वडा अध्यक्ष सुर्य लामाले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असोज १६ गते शनिबारको खेल बसन्तपुर युनाइटेड, माडी र सुवर्ण युवा क्लब, सुवर्णपुर बीच आयोजकले जनाएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments