News एन्फाले सार्वजनिक गर्यो मोफसलमा हुने प्रतियोगिताको तालिका
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस बर्ष मोफसलमा हुने नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

एन्फाले सार्वजनिक गरेको प्रतियोगिताको तालीकामा केवल दुई महिना मै २२ प्रतियोगिता सम्पन्न गर्नुपर्ने देखिएको छ । त्यसमा पनि फागुन महिनामा कुल १७ ओटा नकआउट फुटबल प्रतियोगिता हुने तालीकामा उल्लेख छ ।

त्यस्तै चैत्र महिनामा थप ५ ओटा प्रतियोगिताहरु परेका छन् । मोफसलमा फागुन १ गतेदेखि नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने तालीका एन्फाले सार्वजनिक गरेको छ ।

जस अन्तरगत पोखराको मनकामना गोल्डकपसँगै मोफसलमा हुने ठूला नकआउट फुटबल प्रतियोगिथाको शुरुवात हुनेछ भने यस बर्षको अन्तिम नकआउट फुटबल प्रतियोगिताका रुपमा मेचीनगर गोल्डकप रहेको छ ।

जुन प्रतियोगिता यसै बर्षको चैत्रको अन्तिमदेखि शुरु भएर आगामी बर्षको वैशाख महिनाको शुरुवातमा समापन हुने एन्फाले सार्वजनिक गरेको तालीकामा उल्लेख छ ।

हेर्नुहोस तालीका ।

 

Post Comments