काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार फुटबल खेलाडीमाथि लगाएको निलम्बन अपिल पश्चात घटाएको छ । फिफा विश्वकप छनौटतर्फ कुवेत विरुद्ध खेल्नु अघि अनुशासनको कारवाहीमा परेका चार खेलाडी अन्जन बिष्ट, सन्तोष तामाङ, दिनेश राजवंशी र बिमल घर्ती मगरमाथिको निलम्बन घटाइएको हो ।
भुटानमा भएको कुवेत विरुद्धको सो खेल खेल्नु अघि ती चार खेलाडीहरु अबेर रातीसम्म डिस्कोमा रात बिताउनुका साथै झगडा समेत गरेकोमा दोषी पाइएका थिए । दोषी पाइएपछि एन्फाको अनुशासन कमिटीले गत डिसेम्बर १३ तारीखदेखि लागु हुने गरी अन्जन र सन्तोषमाथि ४५ दिनको तथा बिमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लगाएको थियो ।
यद्यपि चारै खेलाडीले सो निलम्बन विरुद्ध अपिल गरेपछि एन्फाले उक्त निलम्बनको अवधि घटाएको हो । अब नयाँ निर्णयअनुसार ती चारै खेलाडीमाथि लगाइएको त्यो निलम्बन मिति नोभेम्बर १६ तारीखदेखि गणना गरिनेछ । यसअघि यहि डिसेम्बर १३ तारीखदेखि उनीहरुमाथि निलम्बन लगाइएको थियो ।
जसका कारण ती चार खेलाडीहरुले एन्फाको संलग्नता रहने कुनै पनि प्रतियोगिताहरुमा सहभागिता जनाउन नपाउने बताइएको थियो । तर, मंगलबारको यो निर्णयसँगै ती चारै खेलाडीहरुलाई केही राहत महशुस भएको छ ।
यद्यपि एन्फाका अनुसार उनीहरुमाथि लगाइएको आर्थिक जरिवाना भने यथावत रहने बताइएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न