
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदशृन गरिरहेको नेपालले सोमबार राती श्रीलंकालाई ३–२ ले हरायो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई हराएको नेपालको प्रतियोगितामा यो लगातार दोस्रो जित थियो ।
खेलमा नेपालका लागि सुमन लामा, अन्जन बिष्ट र आयुष घलानले गोल गरे । यद्यपि आयुषका लागि त्यो गोल अविस्मरणीय बन्यो । अर्थात् देशका लागि १७ बर्षे ठिटोको त्यो अन्तर्राष्ट्रिय डेब्यु गोल समेत थियो । बिशाल राईको स्थानमा मैदान प्रवेश गरेका आयुषले नेपालका लागि तेस्रो गोल गरे । जुन सटिक र सुन्दर फिनिसिङ पनि थियो ।
फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ गत जुन ११ तारीखका दिन कुवेतमा भएको खेलमा बलियो अष्ट्रेलिया विरुद्ध खेल्दै अन्तर्राष्ट्रि«य फुटबलमा डेब्यु गरेका आयुष त्यसयता नेपाली टोलीका नियमित सदस्य छन् र उत्कृष्ट प्रदर्शन पनि गरिरहेका छन् ।
क्लब फुटबलमा भने उनी आगामी सिजनको शहिद स्मारक ए डिभिजन लिगका लागि रुस्लान थ्रीस्टार क्लबबाट खेल्ने निश्चित भईसकेको छ । स्मरण रहोस, उनले नेपालको इतिहास मै पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा पोखरा थन्डर्सका लागि खेलेका थिए ।
- खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गरेका फुटबलप्रेमीहरूले नेपाल र बंगलादेशबीचको बहुप्रतिक्षित SAFF फाइनल खेलमा सहभागी हुन सक्ने
- महिला साफ च्याम्पियनसिप: खल्ती एपबाट टिकट खरिद गर्न सकिने
- नेपाल भर्सेस भारतः लक्ष्य जित कै
- उपाधि जित्ने अडानमा भारतीय प्रशिक्षक
- नेपाल विरुद्ध भारतको जित्ने सम्भावना बलियोः अल्मुतारी